Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेमा विभागीयको जिम्मेवारी फेरियो : प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा, योगेश स्वास्थ्य तिर

एमालेमा विभागीयको जिम्मेवारी फेरियो : प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा, योगेश स्वास्थ्य तिर

  • 478
    SHARES
  • एमालेमा विभागीयको जिम्मेवारी फेरियो :  प्रचार विभाग प्रमुखमा पृथ्वीसुब्बा, योगेश स्वास्थ्य तिर

    काठमाडौं । नेकपा एमालेले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो । 

    यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले  स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ ।  यस्तै एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समग्र पार्टीको कार्यविभाजन तोक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

    कसलाई के को जिम्मेवारी  
    अध्यक्ष केपी शर्मा ओली :समग्र पार्टी
    वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
    उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
    उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
    उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
    उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
    उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
    उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
    महासचिव शंकर पोखरेल : समग्र पार्टी
    प्रदीप ज्ञवाली : स्कुल विभाग
    पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
    विष्णु रिमाल : आर्थिक लेखा लगायत
    योगेश भट्टराई : स्वास्थ्य तथा जनसंख्या विभाग
    भीष्म अधिकारी : कार्यालय सचिव
    खगराज अधिकारी : संगठन विभाग

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij