Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ओमिक्रोनले खोपको प्रभावकारिता घटायो: डब्लूएचओ

ओमिक्रोनले खोपको प्रभावकारिता घटायो: डब्लूएचओ

  • मंसिर २७, २०७८ सोमवार ०९:१९ बजे
  • 473
    SHARES
  • ओमिक्रोनले खोपको प्रभावकारिता घटायो: डब्लूएचओ

    एजेन्सी, न्युयोर्क । ओमिक्रोन भाइरस डेल्टाभन्दा बढी संक्रामक भएको र यसले खोपको प्रभावकारिता घटाइदिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । यसै वर्षको सुरुमा भारतमा फेला परेको डेल्टा भेरियन्ट केही महिनाअघिसम्म निकै संक्रमित मानिएको थियो ।

    तर, करिब दुई महिनाअघि अफ्रिकामा नयाँ भेरियन्ट देखिएसँगै डेल्टाको चर्चा कम हुन थालेको छ । नयाँ भेरियन्ट ओमिक्रोनको उत्परिवर्तन दर धेरै भएको विज्ञहरुले बताउँदै आएका छन् । 

    डब्लूएचओका अनुसार ९ डिसेम्बरसम्ममा ओमिक्रोन भेरियन्ट ६३ देशमा फैलिसकेको छ । सबैभन्दा बढी पहिला देखिएको भनिएको दक्षिण अफ्रिकामा यसको संक्रमण दर तीव्र बढेको छ । ओमिक्रोनको कारण देखाउँदै विभिन्न देशले दक्षिण अफ्रिकी देशहरुमा यात्रा प्रतिबन्ध लगाएका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij