काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी छाँया श्रममन्त्री डा.डीला संग्रौलाले इपीएस परीक्षा पास गरेर कोरियाा जान नपाएका श्रमिकको माग पूरा गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेकी छिन् ।
सोमबार सिंहदरबारस्थित मन्त्री ज्ञवालीको कार्यकक्षमा पुगेर छायाँ श्रममन्त्री डा.संग्रौलाले परीक्षा पास गरी स्वास्थ्य परीक्षणलगायत सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर श्रम गन्तव्य जान नपाएका श्रमिकको विषयमा मन्त्री ज्ञवालीलाई ध्यानाकर्षण गराएकी हुन् ।
डा.संग्रौलाका साथमा नेपाली कांग्रेसका नेता प्रकाश पन्त पनि ज्ञवालीको कार्यकक्षमा पुगेर इपीएस परीक्षा पास गरेका श्रमिकलाई जतिसक्दा चाँडो कोरिया पठाउन माग गरेका हुन् ।
‘नेपाल सरकारले समयमै कोरिया पठाउन नसक्दा परीक्षा पास गरी सबै प्रक्रिया पूरा गरेका श्रमिक कोरिया जान नपाउँदा उनीहरुको भविष्य संकटमा परेको विषयमा हामीले मन्त्री प्रदीप ज्ञवालीजीसमक्ष ध्यानाकर्षण गराएका छौं,’ संग्रौलाले वेबटिभी खबरसँग भनिन्, ‘उहाँले हाल कोभिड १९ को संक्रमण पूर्ण नियन्त्रणमा नआएको अवस्था रहे पनि नेपाल सरकारले कोरियाको सम्बन्धित विभागमा यस विषयमा जानकारी गराउने आश्वासन दिनुभएको छ ।’
हाल नेपालका ७७ वटै जिल्लाबाट १० हजारभन्दा बढी श्रमिकहरु कोरिया सरकारले तोकेका सबै प्रक्रिया पूरा गर्दा पनि कोरिया जानबाट बञ्चित हुँदा भाषा प्रशिक्षणसहित मेडिकल जाँचलगायतको खर्च डुब्ने र यसबाट उनीहरुको भविष्य नै अन्योलमा परेको भन्दै यसअघि नै डा.संग्रौलासमक्ष श्रमिकहरुले ज्ञापन पत्र बुझाएका थिए ।
उक्त ज्ञापनपत्र डा.संग्रौलाले सरकारका श्रम तथा रोजगारमन्त्री गौरीशंकर चौधरीसमक्ष बुझाइसकेकी छिन् । श्रम मन्त्रालयबाट पनि कोरिया जाने श्रमिकका विषयमा छलफल चलाइने आश्वाशन मन्त्री चौधरीले दिए पनि ठोस रुपमा आवश्यक कदम अघि नबढाएको छायाँमन्त्री डा.संग्रौलाको गुनासो छ ।
यसैबीच छायाँमन्त्री डा.संग्रौलाले आज परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटर श्रमिकका सबै समस्याबारे ध्यानाकर्षण गराउँदै उनीहरुका पक्षमा पहल गरिदिन माग गरेकी हुन् ।
‘परराष्ट्रमन्त्रीजीले चाँडोभन्दा चाँडो कोरियाको सम्बन्धित निकायलाई यी समस्या जानकारी गराउँदै नेपाल सरकारका तर्फबाट समेत आवश्यक पहल गर्ने बताउनु भएको छ,’ डा.संग्रौलले भनिन् ।
उता कोरियाले भिषा लागेर तोकिएको समयसीमभित्र कोरिया आउन नसक्ने श्रपमकको हकमा आवश्यक विकल्प खोज्ने बताउँदा नेपाली श्रमिकले भाषा परीक्षा पास गरी मेडिकल परीक्षणसहित सम्पूर्ण कागजी प्रक्रिया पूरा गर्दा पनि सरकारले कोरिया जानबाट बञ्चित गराएको गुनासो राख्दै आएका छन् ।
यस्ताे छ ध्यानाकर्षणपत्र
बिषय – ज्ञापनपत्र सम्बन्धमा
उचित मापदण्डसहित कोरियाली रोजगार प्रक्रिया सुचारु गरेर रोजगारिका लागि दक्षिण कोरिया जाने वातावरण सृजना गर्ने सम्बन्धमा !
नेपाल र दक्षिण कोरिया सरकारको g to g सम्झौता अनुरुप रोजगार अनुमति प्रणालि EPS अन्तर्गत भाषा र सीप परिक्षण पास गरि हामी 7,000 भन्दा बढी नियमित तथा 2,000 भन्दा बढि कमिटेड नेपाली युवा श्रमिकहरु अहिले कोरियाली रोजगारदाताको छनोटमा परेर,( श्रम सम्झौता भइसकेको ) दक्षिण कोरिया जाने अन्तिम प्रक्रियामा हुदाहुदै कोरोना भाइरस ( कोभिड-19) बाट सृजित परिणामका कारण हामी विगत फागुन देखि हालसम्म स्थगनमा परेर अन्यौलमा परेका छौं । यतिका लामो समय नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यतिका दिन सम्म कुनै निर्णय र पहलकदमि नगर्दा र सोहीअनुसारको कोरियाली रोजगार प्रक्रिया सुचारु गर्न उच्चस्तरीय तह बाट कोरियाली सरकार संग कुटनैतिक पहल र अनुरोध नगर्दा हाम्रो कोरियाली रोजगार अनिश्चित छ !
कोरियाले CCVI (certificate for confirmation of visa issuance) जारी गरेको 90 दिन भित्र कोरिया पुगिसक्नु पर्ने प्रावधान छ , अहिले service of HRD कोरियाले उक्त मितिको अबधि बढाएर 6 महिना बनाएको छ, प्रक्रिया पुर्ण रुपमा अबरुद्ध भएको एक बर्ष भन्दा बढि भएको छ , तोकिएको समय सिमा भित्र दक्षिण कोरिया नपुग्दा धेरै श्रमिक साथिहरुको प्रक्रिया रद्द भएर रोजगारी गुमिसकेको छ , यति लामो समय सम्म रोजगारदाताले पनि श्रमिक पर्खने कुरा पनि हुदैन , रोजगारदाताले श्रमिक छानिसके पछि निश्चित समयमा उक्त कम्पनिमा पुग्न नसकेको खण्डमा रोजगारदाताले कामदार कटौती गरेर वैकल्पिक बाटो खोज्ने अधिकार रोजगारदाता लाई छ, त्यसैमा पनि EPS system आफैमा बिरोधाभाषपुर्ण छ ।
हाम्रो दुईचार बर्ष देखिको मेहनत , लगानी अनि त्यो समय को महत्त्व नेपाल सरकार र सम्बन्धि निकाय बाट बेवास्ता भएको छ । धेरै श्रमिकहरुको कोरियाली रोजगार प्रक्रिया क्यान्सिल भएर रोजगार गुमि सकेको छ , र अन्य श्रमिकको पनि रोजगार गुम्ने खतरा छ । अब हाम्रो मेहनत , लगानी , अनि त्यो समयको क्षतिपूर्ति कसले दिने हामी जीवन र भबिस्य को दोधारमा छौं ।।
कोरोना भाइरस ( कोभि-19 ) को नियन्त्रण तथा त्यसबाट पर्ने सक्ने सम्भावित जोखिम लाई मध्यनजर गरी मिति 2076 चैत 11 बाट सरकारले बन्दाबन्दी को घोषण गर्नुभन्दा एक महिला अघि बाट नै हाम्रो ( कोरियाली रोजगार दाताले छानेर ) दक्षिण कोरिया जाने प्रक्रिया सुचारु भएको हो । तर कोरिया प्रवेश गर्ने मितिमा सरकारले लक-डाउन को घोषण गर्यो,अनि हामी कोरिया जानबाट बन्चित भयौं ! हुन सक्ने जोखिम लाई आत्मसात गरेर सरकारले लागु गरेको निर्णय र नियम लाई इमानदारिताका साथ पालना गरौं , तर यतिका दिन बितिसक्दा पनि सरकारले हाम्रो समस्या र पिडा लाई गम्भीरता का साथ बुझेन , गाउमा रहेका गरीब बिरामी आमाबुबा लाई रिन गाडेर पढ्न आएर भाषा र सीप परिक्षण पास गरी कोरिया जाने लक्ष्य बोकेका हामी आज सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार पनले हतोत्साहित भएका छौ , त्यो लाखौंको रिन कसरी तिर्ने भनेर हामी डिप्रेसनको मुखमा पुगेका छौ !!
हामीले EPS भिजा पाउन र यो प्रक्रिया सम्म आइपुग्न 4 बर्ष सम्म दिनरात नभनि कडा मेहनत गरेका छौं , आफैमा दक्षिण कोरियाली रोजगार लामो प्रोसेस हो , धेरै EPS भाषा पास गरेका श्रमिकहरु रोजगार दाताको छनोटमा नपरेर त्यतिकै कोरियामा रोजगार गर्न सपना टुटाइरहेका हुन्छन् । रोजगारीका लागि दक्षिण कोरिया जाने बाताबरण र प्रक्रिया सहज नहुदा – नहुदै हामीले अनेक कठिनाइ पार गर्दै यो विषम परिस्थितिमा आइपुग्दा लामो समयदेखि अनिश्चित प्रक्रियाले हामी श्रमिकहरुको भबिस्य माथि नै प्रश्नचिन्ह खडा गरेको छ । कोभिड-19 ले हाम्रो भौतिक जीवन लाई लक गर्यो तर हाम्रो समस्या , गरीबी र पिडा लाई हल गर्न सकेन , देशमा बेरोजगारी दर दिनानुदिन बढिरहदा समग्र देशको अर्थतन्त्र लाई कुनै न कुनै रुपमा चलायमान गर्ने हामी हजारौं युवालाई यसरी बन्दक बनाएर राख्न उचित होला र !!
देशमा रोजगारीको अवसर नपाए र विदेशिन बाध्य भएका हामी नौजवान युवाहरु आज सरकारको कमजोर समन्वयका कारण हातमा आएको रोजगारी गुमाउने पुर्व – मोडमा पुगेका छौ, केही श्रमिकको रोजगारी गुमिसकेको पनि छ , कोरियाली सरकार र रोजगारदाताले नेपाली श्रमिकको माग बारम्बार गरेता पनि नेपाल सरकारले त्यसको सुनुवाइ गरेको छैन र हामीलाई कोरिया जाने वातावरण सृजना पनि गरेको छैन , यसले गर्दा हाम्रो परिवार चिन्तित हुनुका साथै हाम्रो मेहनत , दु,ख लगानी र भबिस्य धरापमा छ नै तर देशको अर्थतन्त्र मा पनि असर परेको हामी देख्छौ ।।
कोभिड-19 संकट ब्यबस्थापन केन्द्र ( सिसिएमसि) ले निर्णय र लक-डाउन मोडल खुकुलो र परिस्थिति अनुकूल भएसंगै कोरियाली रोजगार सुनिश्चितका लागि तत्काल उडान कार्य गरि दुई देशको बिचको उच्चस्तरीय समन्वय र सहकार्यमा कोरिया जाने बाताबरण मिलाइदिन भनी हामी विभिन निकाय मा पुगेका थियौ , र सम्बन्धित सबै निकाय र सरकारले EPS रोजगार प्रक्रिया अघि बढाएर उडान कार्य गर्न आश्वासन दिएको तर यतिका दिन सम्म चासो दिएर काम गरेको देखिएन र एकले अर्कोलाई पन्क्षाउने काम भयो ,हाम्रो अविभाबक भनिएको सरकारले हामीलाई सौतेनी व्यवहार गरेर हाम्रो भविस्य अध्यारोतर धकेलिरहेको छ , हाम्रो समस्या र पिडा लाई सरकारले गम्भीरताका साथ लियन, हाम्रो लामो समयदेखि को मेहनत र संघर्ष बाट प्राप्त कोरियाली रोजगार अनिश्चित र अन्यौल छ, समयमै रोजगारदाताले छानेको कम्पनीमा नपुग्दा हाम्रो धेरै श्रमिक साथिहरु को रोजगार प्रक्रिया रद्द भएर रोजगार गुमेको छ, यसले हामी श्रमिकहरु धेरै दु:खि , निरास , हतोत्साहित र त्यहा भन्दा बढी आक्रामक भएका छौ ,
लक-डाउन ( बन्दाबन्दि) कै विच कोरोयन रोजगारदाताले 1,000 अौ नेपाली युवा श्रमिकहरु छनोट गरेको थियो अहिले पनि छनोट गरिरहेको छ यसरी कोरियाली रोजगारदाताले नेपाली श्रमिक छानेर प्रक्रिया अघि बढाउने अनि नेपालमा रहेको वैदेशिक रोजगार विभाग र EPS कार्यलय ले नेपाल बाट हुने सबै प्रक्रिया अनिश्चित कालका लागि स्थगन गर्नु एउटा गैरजिम्मेवार पन हैन र !!
कोरोना भाइरस का बाबजुद पनि अन्य देश जस्तै ( फिलिपिन्स ,म्यानमार, भियतनाम , कम्बोडिया ,श्रिलंका ) लगाएतका देशबाट कमिटेड कामदार ( committed worker ) कोरिया प्रवेश गरिरहेका थिय र छन तर हाम्रो देशको कमजोर कुटनैतिक पहल र समन्वय अभावका कारण हामी गन्तव्यमा पुग्न सकेनौं । अहिले कोरियाली रोजगारदाताले हाम्रो भिज्जा प्रक्रिया दिनानुदिन रद्ध गरिरहेको छ र हामी रोजगारी का लागि कोरिया जान बन्चित भैरहेका छौ , अझै सरकारले उच्च तहबाट पहल ,समन्वय र negotiation गरेको हामी पाउदैनौ , Eps प्रक्रिया रास्टिय issue को बिषय हुदाहुदै सरकार गम्भीर नहुनु सरकारी उच्चस्तरीय तहबाट कुनै पनि किसिमका कुटनैतिक पहिल नहुनुले EPS प्रक्रिया नै धरासायि बन्ने खतरा बढिरहेको छ , यश किसिमका कमजोर सरकारी नितिले गर्दा सम्पुर्ण EPS कामदारको भविष्य अन्यौल भैरहेको छ हाल कम्बोडिया , फिलिपिन्स , श्रीलंका ,म्यानमार लगाएतका देशबाट नियमित कामदार ( regular new worker ) कोरिया प्रवेश गरिरहदा नेपाल बाट कमिटेड कामदार पनि प्रवेश नहुनु बढो दुखको बिषय छ !!
अहिले दक्षिण कोरियाले नेपाल लाई कोरोना भाइरसको दृस्ठिकोणमा high Risk zone मा राखेका बिबरणहरु आइरहेका छन , नेपाल सरकार र सम्बन्धित निकाय कोरियाले नै कामदार लिन मानिरहेको छैन हेर र पर्ख भनिरहेको छ भन्ने जबाफ दिने गरेका छन , दक्षिण कोरिया लाई विश्वासको वातावरण बनाएर उच्चस्तरीय तहबाट समन्वय गर्ने जिम्मा सरकारको नै हो ।।
यो विषम परिस्थितिलाई मध्यनजर गर्दै समस्या समाधानको लागि र सरकार र तिनका सम्बन्धित सबै निकाय र नेपाल स्थित कोरियाको कुटनैतिक अधिकारी को ध्यानाकर्षणको लागि हामी माननीय ज्यु माझ हाम्रा समस्या लिएर उपस्थित भएका छौ , हाम्रो समस्या एउटा रास्ट्रिय issue को बिषय पनि भएकाले हाम्रो समस्या र आवाजलाई संसद भवनमा उठान गरेर सरकारलाई गम्भीर र सम्बन्धित सबै निकाएको ध्यान आकर्षित गरिदिन हुन हामी माननीय ज्य लाई हार्दिक अनुरोध गर्दछौं , हजुरहरुले हाम्रो समस्यामा उठाएको आवाजले हाम्रो बाटो र भबिस्य तय गर्ने एउटा मार्गदर्शनन तयार गर्नेछ भन्ने अपेक्षा गरेका छौ ,
हाम्रो कारणले कोरोना भाइरल ( कोभिड-19 ) फैलावट हुन नदिन र स्वास्थ्य सम्बन्धि नियम लाई पालन गर्ने कुरामा हामी सजक र सचेत छौं , हाम्रो माग कतै बाट सुनुवाइ नभएको र कुनै पनि निकायले हाम्रो भविष्य र रोजगार लाई गम्भीरताका साथ नलिएकाले हामी सानो आसा लिएर तपाईं माझ आएका छौ !!
धन्यवाद
EPS पिडित परिवार
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij