Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

नख्खुमा बर्ड फ्लुः १५ सयभन्दा बढी पन्छी नष्ट

नख्खुमा बर्ड फ्लुः १५ सयभन्दा बढी पन्छी नष्ट

  • चैत्र १६, २०७७ सोमवार २१:४३ बजे
  • 839
    SHARES
  • नख्खुमा बर्ड फ्लुः १५ सयभन्दा बढी पन्छी नष्ट

    काठमाडौं । ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पन्छीमा बर्ड फ्लु रोग देखिएको छ ।

    पशु सेवा विभागका सूचना अधिकारी डा.चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्डफ्लु रोग गत शुक्रबार देखिएको जानकारी दिए ।

    नेपालमा यस वर्ष बर्ड फ्लु रोग देखिएको यो छैटौँ पटक हो । यसअघि सुर्खेत, जाजरकोट तथा काठमाडौंको तारकेश्वरको तीन ठाउँ बर्डफलु देखिएको थियो ।

    बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि संघ, प्रदेश र स्थानीय तहबाट दक्ष जनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसंक्रमणसमेत गरिसकेको ढकालले बताए ।

    उक्त क्षेत्रका ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # बर्ड फ्लु

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij