Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै 

सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै 

  • 366
    SHARES
  • सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै 

    काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

    उनका अनुसार बैठकमा मंगलबारबाट सुरु हुन लागेको संसदको १०औं अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ ।

    पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमाले सांसदहरुले संसद बैठकमा अवरोध सृजना गर्ने गरी रणनीति बनाउने देखिन्छ । संसदको नवौं अधिवेशन पनि एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो ।

    सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij