वेबटिभी खबर
फाइल तस्बिर ।
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ । मंगलबार दिउँसो ३:३० बजेबाट सुरु भएको मतदान बेलुका ७:३० बजेसम्म चल्नेछ ।
मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रिय सभागृह बाहिर लाइन बसेका छन् । राष्ट्रिय सभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता तथा कार्यकर्ताको ठूलो भीड लागेको छ ।
प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र कार्ड हेरेर राष्ट्रिय सभागृहमा प्रवेश दिएको छ । पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो ।
दोस्रो चरणमा शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij