Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रुघाखोकी मात्र होइन अन्य समस्यामा पनि अचुक अदुवाको काढा पानी

रुघाखोकी मात्र होइन अन्य समस्यामा पनि अचुक अदुवाको काढा पानी

  • 467
    SHARES
  • रुघाखोकी मात्र होइन अन्य समस्यामा पनि अचुक अदुवाको काढा पानी

    काठमाडौं । चिसोयाममा तथा रुघाखोकी लागेको समयमा अदुवा काढा खाँदा स्वास्थ्यलाई धेरै फाइदा पुग्छ ।

    अदुवालाई विभिन्न घरेलु उपायमा पनि प्रयोग गरिन्छ । अदुवालाई पानीमा उमालेर यसको काढा बनाइन्छ । अदुवा आफ्नो अलग स्वाद र गन्धको लागि परिचित मात्र नभई अन्य स्वास्थ्य लाभका लागि पनि चिनिन्छ । यसको काढा पानीलाई रुघाखोकी लागेको बेला खाँदा धेरै नै सहयोग मिल्छ । 

    दुखाईमा राहत
    कयौं पटक शारीरिक व्यायाम गर्दा मांशपेशीमा दुखाई बढ्छ । जसकारण तनाव सिर्जना हुन्छ । यसले शरीरमा थकान र दुखाइ हुन्छ । यस्तो दुखाइबाट राहत लिनको लागि अदुवा काढाले काम गर्छ । 

    एलर्जीमा सहयोग
    अदुवा काढा पानीले मांशपेशीको दुुखाइबाट राहत दिनुकासाथै वातावरणीय प्रदुषणको कारणले हुने एलर्जीबाट पनि बचाउँछ । 

    अल्सर न्युन
    अदुवाले अल्सरको समस्यालाई पनि न्युन गर्छ । अल्सरलगायत अन्य पेटसम्बन्धी समस्यामा अदुवाले प्रभावकारी ढङ्गले काम गर्छ । 
    अदुवा, मह, कागती पानीले घाँटीको खसखस निको पार्छ । सुन्निएको निको पार्न अदुवा, मह र कागतीको मिश्रण लाभकारी मानिन्छ । 

    रुघाखोकीबाट तुरुन्त आराम लिनको लागि अदुवा र तुलसी पातको काढा पिउनु पर्छ । यसमा पाइने रोग प्रतिरोध क्षमताले टाउको दुखेको, रुघा लागेको क्षणमै कम गर्छ । 

    अदुवा, कालो मरिच, ल्वाङ मिसाएर बनाएको काढा पिउँदा स्वास्थ्य सम्बन्धी समस्या र अन्य पुराना दुखाइबाट छुटकरा पाउन सकिन्छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij