Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रदेश- २ : प्रदेशसभाको आठौं अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै

प्रदेश- २ : प्रदेशसभाको आठौं अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै

  • 431
    SHARES
  • प्रदेश- २ :  प्रदेशसभाको आठौं अधिवेशन आजबाट, दुई अध्यादेश पेस गरिँदै

    जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक बुधबार बस्दै छ ।

    २२ असोजमा सातौं अधिवेशन सम्पन्न भएपछि बुधबार आठौं अधिवेशनको पहिलो बैठक बस्दै छ ।  तर, नेपाली कांग्रेसका सांसदहरू पार्टीको महाधिवेशनको क्रममा काठमाडौंमा रहने भएकाले बुधबारको बैठक प्रभावित हुने भएको छ ।

    प्रदेशसभामा प्रदेश सरकारले अध्यादेशमार्फत ल्याएको विश्व विद्यालयसम्बन्धी दुईवटा विधेयक पेस गरिने कार्यक्रम छ । तर, सत्तारुढ दल कांग्रेसका सासदहरू नै अनुपस्थित रहेने भएकाले उक्त विधेयक टेबुल भएर स्थगन हुने सक्ने प्रदेश सभा सचिवायले जनाएको छ ।

    आठौं अधिवेशनको पहिलो वैठक भएकोले सासदले शुभकामना दिने कार्यक्रमसमेत रहेको प्रदेशसभा सचिवालय सचिव रंजित यादवले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij