Logo

२०७८, माघ १५ गते शनिवार

२०७८, माघ १५ गते शनिवार

सर्केगाड गाउँपालिकामा रहेको नमस्तेको नेटवर्कमा खराबी हुँदा सेवाग्राही प्रभावित

सर्केगाड गाउँपालिकामा रहेको नमस्तेको नेटवर्कमा खराबी हुँदा सेवाग्राही प्रभावित

  • मंसिर २९, २०७८ बुधवार २०:२१ बजे
  • 194
    SHARES
  • सर्केगाड गाउँपालिकामा रहेको नमस्तेको नेटवर्कमा खराबी हुँदा सेवाग्राही प्रभावित

    सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–५ गोटी गाउँ नजिक रहेको नमस्तेको टावरमा खराबी आउँदा सो क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

    टावरमा २३ गते बुधबारदेखि समस्या देखिएको सर्केगाड गाउँपालिका-४ का स्थानीय जसबहादुर शाहीले बताए । टावरमा खराबी आउँदा सर्केगाड गाउँपालिकाको केन्द्र रहेको सर्केगाड बजार, वडा नम्बर १ को गोटी गाउँ, दल्ली, साँया, रोडीकोट, राहादेउ, पुमा, मेल्छामलगाएत क्षेत्रका सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

    टेलिफोनले काम नगर्दा यतिखेर १ घन्टाको टाढा मुन्डीडाँडा पुगेर फोन गरेको किर्डाक नेपालमा कार्यरत ज्ञानेन्द्र पन्तले बताए । नेपाल टेलिकम हुम्लाले भने युपिएच मोडिम बिग्रेको हुँदा यस्तो समस्या आएको बताएको छ ।

    उक्त सामग्री सुर्खेतबाट मगाइसकेको र आई पुगे टेलिफोन सुचारु हुने कार्यालयले जनाएको छ । गाउँपालिका उपध्याक्ष जोसी धामीले नेपाल टेलिकम हुम्ला शाखालाई मर्मतको लागि भनिसकेको र सामान नभएकाले मर्मतमा ढिलाइ भएको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # नमस्ते

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology