Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्याब्सन अध्यक्षमा निरोज महर्जनले उम्मेदवारी दिने, यस्ता छन् एजेन्डा

प्याब्सन अध्यक्षमा निरोज महर्जनले उम्मेदवारी दिने, यस्ता छन् एजेन्डा

  • 819
    SHARES
  • प्याब्सन अध्यक्षमा निरोज महर्जनले उम्मेदवारी दिने, यस्ता छन् एजेन्डा

    काठमाडाैं । निजी लगानीबाट सञ्चालन गरिएका साना, मझौला र ठूला विद्यालयहरूको विविधतामा एकता नै प्याब्सनको विशेषता हो । प्याब्सनमाथि आइपर्ने समस्या, कठिनाई र चुनौतीको सामनामा समेत सामूहिक सहभागिता र प्रतिबद्धताले रहँदै आएको छ । हाम्रो पेशागत, हक, हित, स्वामित्व र लगानीको सुरक्षा, स्थायित्वका लागि हरेक हिसावबाट मजबुत बनाउन जरुरी छ ।

    निजी शिक्षण संस्थाको व्यवस्थापन राम्रो भएको हुँदा गुणस्तरीय शिक्षमा ठूलो भूमिका पु¥याउँदै आएको छ । निजी शिक्षण संस्थाका विद्यार्थीहरू राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगत्मा प्रतिस्पर्धी देखिएका छन् ।

    रोजगारमुखी, उद्यमी तथा व्यवसायी रहेका छन् । नेपालको निजी क्षेत्र विशेषगरी कर्पोरेट हाउसहरू यिनैले थेगेका छन् । संस्थागत विद्यालयहरूले नेपालको शिक्षा प्रणलीमा बृहत् योगदान गर्दा गर्दै पनि थुप्रै चुनौतीहरू रहेका छन् । जसमा राज्यको शिक्षा नीति नै प्रमुख रहेको छ ।

    विगत १५ वर्ष देखि प्याब्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्याब्सनिस्ट निरोज महर्जनलाई ललितपुर प्याब्सनलाई गतिशील बनाउने शिक्षाकर्मीको रूपमा लिने गरिन्छ । दुई कार्यकाल सचिवको भूमिकामा रहेर काम गरेका मर्हजनले संगठन मजबुत बनाउनका लागि ठूलो योगदान पु¥याएका छन् ।

    १५औं अधिवेशनमा अध्यक्षको उम्मेदवार मर्हजनको यस्ता छन् एजेन्डा 

    प्याब्सनको प्रतिनिधित्व राज्यको सबै निकायमा गर्ने ।
    स्थानीय पाठ्यक्रम कायान्वयन गर्ने ।
    निजी शिक्षा ऐन 
    स्पष्ट लेखापरीक्षण
    प्याब्सनको महत्त्वको वारेमा व्यापक कार्यशाला गर्ने
    क्षमता विकास 
    सामाजिक उत्तरदायित्व
    सामाजिक सुरक्षा कोष
    पिपिपि मोडेल : निजी तथा सामुदायिकबीच सहकार्य गर्ने 
    भौचर प्रणाली 
    स्थानीय सम्बन्धन
    शैक्षिक गन्तव्य
    विपद् व्यवस्थापन 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij