Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

टिप्पर दुर्घटनामा एक युवकको मृत्यु

टिप्पर दुर्घटनामा एक युवकको मृत्यु

  • चैत्र १७, २०७७ मंगलवार १५:१२ बजे
  • 563
    SHARES
  • टिप्पर दुर्घटनामा एक युवकको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका-३ सिकैचामा भएको टिप्पर दुर्घटनामा परी लमजुङका एक युवकको मृत्यु गएको छ । प्रदेश ३-०१-०५ ख ९२७१ नंको टिप्पर दुर्घटना हुँदा लमजुङको दोर्दी गाउँपालिका–६ का अन्दाजी १९ वर्षीय कृष्ण विकको मृत्यु भएकोे हो ।
     
    दुर्घटनामा परी चालक यामबहादुर विक र मन्दीप लिम्बू घाइते भएको युनिटेक हाइड्रोपावरका जनसम्पर्क अधिकृत मोहन निरौलाले जानकारी दिए । उनीहरुको झापामा उपचार भइरहेको छ ।
     
    फावाखोलामा निर्माणाधीन युनिटेक हाइड्रोपावर निर्माणस्थलमा काबेली खोलाबाट बालुवा लिएर जाने क्रममा गएराति दुर्घटना भएको थियो । मृतक विक हाइड्रोपावर निर्माणको ठेक्का लिएको निर्माण कम्पनी, माछापुच्छ्रे इन्जिनीयरिङ प्रालिका कामदार रहेको निरौलाले जानकारी दिए ।
     
    मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङमा शवपरीक्षण गरी परिवारलाई जिम्मा लगाउने तयारी भएको जनाइएको छ । टिप्पर सडकबाट झण्डै ५० मिटर तल झरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

  • सम्बन्धित विषय:

  • # ताप्लेजुङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij