Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सर्लाही जिल्लाकाे दुर्गम स्थानमा मतदाता नामावली संकलन नभएकोमा नेकपा एसकाे आपत्ति

सर्लाही जिल्लाकाे दुर्गम स्थानमा मतदाता नामावली संकलन नभएकोमा नेकपा एसकाे आपत्ति

  • 867
    SHARES
  • सर्लाही जिल्लाकाे दुर्गम स्थानमा मतदाता नामावली संकलन नभएकोमा नेकपा एसकाे आपत्ति

    काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले सर्लाही जिल्लाको दुर्गम स्थानमा सहज रूपमा मतदाता नामावली संकलन नभएकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । एसका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् ।  

    ‘निर्वाचन आयोगले पालिका केन्द्रमा मात्र मतदाता नामावली संकलन टोली पठाउँदा सर्लाही जिल्लाको दुर्गम भेग, यातायात नचल्ने स्थान र पालिका केन्द्रमा पहुँच सहज नभएका बासिन्दा मतदाता बन्नबाट वन्चित हुने अवस्था देखिन्छ । उदाहरणको लागि सर्लाहीको अति दुर्गम नारायणखोलासहित लालबन्दी, इश्वरपुर, हरिवन र बाग्मती नगरपालिकाका विभिन्न पहाडी इलाकामा स्थलगत रूपमा टोली पठाउन नसक्दा धेरै मतदाता यो अभियानबाट वाहिर नै पर्ने स्पष्ट छ । जिल्लाको दक्षिणी क्षेत्रका कतिपय स्थानमा पनि टोली पठाउन आवश्यक छ,’ अध्यक्ष लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    जिल्ला निर्वाचन कार्यालयले सदरमुकाम मलंगवामा राखेको कार्यालय प्रमुख र दलको गोष्ठीमा नेकपा एसले त्यस्ता केही खास स्थानमा स्थलगत रूपमा टोली पठाउन सुझाव दिएको थियो ।

    निर्वाचन कार्यालय सर्लाहीका प्रतिनिधिले उक्त सुझावलाई निर्वाचन आयोग नेपालमा पठादिने वचन दिएका थिए । तर, हालसम्म त्यस्ता विकट स्थानमा टोली जाने बारेमा योजना बनेको छैन । ‘सर्लाहीका विकट स्थानमा स्थलगत रूपमा टोली पठाइ सहजरूपमा मतदाता नामावली संकलन गर्न निर्वाचन आयोग नेपाल र सम्वन्धित कार्यालयहरूसँग हामी गम्भीर रूपमा माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij