Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

स्पेनिस ला लिगा: जितसँगै बार्सिलोना सातौँ स्थानमा

स्पेनिस ला लिगा: जितसँगै बार्सिलोना सातौँ स्थानमा

  • 604
    SHARES
  • स्पेनिस ला लिगा: जितसँगै बार्सिलोना सातौँ स्थानमा


    काठमाडौं । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेलाई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउन फेरान जटग्ला, गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे । भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे । 
    सातौँ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल गरेको थियो । त्यसपछि इल्चे खेलमा फर्किएपनि गोन्जालेजले गोल गर्दै बार्सिलोनालाई तीन अंक दिलाए । 

    जितसँगै बार्सिलोना १७ खेलबाट २७ अंक सहित सातौँ स्थानमा छ ।  इल्चे समान खेलबाट १५ अंक सहित १६ औं स्थानमा छ । 

    यता, शनिबार राति नै भएको खेलमा एट्लेटिको मड्रिड सेभियासँग २–१ अन्तरले पराजित भयो । घरेलु मैदानमा सेभियाको जितमा इभान राकिटीक र लुकास ओकाम्पोसले गोल गरे भने एट्लेटिकोको लागि फिलिपे सान्त्वना गोल गरे । 

    जितसँगै सेभिया १७ खेलबाट ३७ अंकसहित दोस्रो स्थानमा छ भने २९ अंक बनाएको एट्लेटिको पाँचौं स्थानमा छ । ला लिगामा ४२ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij