Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

यी हुन् सन् २०२१ मा सम्बन्धविच्छेद गर्ने चर्चित भारतीय कलाकारहरु

यी हुन् सन् २०२१ मा सम्बन्धविच्छेद गर्ने चर्चित भारतीय कलाकारहरु

  • 686
    SHARES
  • यी हुन् सन् २०२१ मा सम्बन्धविच्छेद गर्ने चर्चित भारतीय कलाकारहरु

    काठमाडौं । हरेक वर्ष झै २०२१ मा राम्रा, नराम्रा सबै प्रकारका समाचार बाहिरिए । सन् २०२१ को अन्त्य र २०२२ को आगमन हुँदैछ । २०२१ मा धेरै व्यक्तिहरुको प्रेम सफल भयो । तर केही व्यक्तिहरुले यही वर्ष सम्बन्धविच्छेद गरे भने कोही प्रेमसम्बन्धबाट अलग्गिए । बलिउड क्षेत्रमा पनि सम्बन्ध जोडिने र छुट्टिने क्रम जारी नै रह्यो । 

    बलिउड अभिनेता आमिर खान र किरण रावले यस वर्ष वैवाहिक सम्बन्धको अन्त्य गरे । उनीहरुले आपसी समझदारीमा दाम्पत्य जीवनबाट अलग रहने निर्णय गरेका हुन् । यस जोडीले जुलाई २०२१ मा आफ्नो १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अन्त्य गर्न लागेको जानकारी दियो । ‘बितेका १५ वर्षमा हामीले एकसाथ जीवनभरको अनुभव, सुखदुख साटासाट गर्यौ’ एक संयुक्त बयानमा उनीहरुले भनेका छन्, ‘हामीहरुको सम्बन्ध विश्वास, सम्मान र मायाले अगाडि बढिरहेको छ ।’

    बलिउड अभिनेता आमिर खान र किरण राव

    बलिउड अभिनेत्री किर्ती कुल्हारीले आफ्नो ५ वर्षदेखिको वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरिन् । किर्ती र साहिलले सन् २०१६ मा विहे गरेका थिए । एक नोट साझा गर्दै किर्तीले लेखेकी छिन्, ‘मेरो श्रीमान् साहिल र मैले अलग रहने निर्णय गरेका छौं ।’ 

    Kirti-Kulhari-announces-separation-from-husband-Saahil-Sehgal.jpg
      
    २०२१ मा अलग भएका बलिउड क्षेत्रका जोडीमध्ये एक हुन् हनी सिंह र शालिनी तलवार । सेलीब्रेटी र्यापर हनी सिंह र उनको श्रीमतीको मुद्धा यस वर्ष धेरै चर्चामा रह्यो । सम्बन्धमा तिक्तता आएपछि यीनीहरुको मुद्धा अदालतसम्म पुग्यो । ३ अगस्टमा शालिनीले आफ्नो श्रीमान् हनी सिंहविरुद्ध घरेलू हिंसा, यौन हिंसा, मानसिक उत्पीडन र आर्थिक हिंसाको मुद्धा दर्ता गरिन् ।

    shalini-talwar-5-jpg.webp

    क्रिकेटर शिखर धवन र आयसा मुखर्जीले ८ वर्ष पुरानो सम्बन्धलाई यस वर्ष अन्त्य गरे । आयसाले इन्स्टाग्राममा पोष्ट लेख्दै आफू दुई पटक सम्बन्धविच्छेद गर्ने महिला भएको जानकारी दिइन् । उनीहरु सन् २०१२ मा वैवाहिक बन्धनमा बाँधिएका थिए । यस दम्पतिको एक छोरा छन् । आयसा मेलबर्नमा बस्छिन् ।

    photo.jpg

     सामन्था रुथ प्रभुले पनि अक्टुबर २०२१ मा आफ्नो श्रीमान् नागा चैतन्यसँग सम्बन्धविच्छेद गरिन् । उनीहरु सन् २०१७ मा वैवाहिक सम्बन्धमा बाँधिएका थिए । यस जोडीलाई पर्दा र वास्तविक जीवनमा धेरै रुचाइएको थियो । उनीहरुको सम्बन्धविच्छेदको खबर बाहिरीएसँगै दर्शकहरुले दुःख व्यक्त गरेका थिए ।

    _3196e192-50d1-11eb-be6b-425a95343f6a_1638802699785.webp

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij