Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने

शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने

  • 19.4K
    SHARES
  • शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाइसकेको छ । यही पुस १० गतेभित्र निम्न माध्यमिक तह र २१ गतेभित्र प्राथमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने आयोगले जनाएको छ ।

    images

    आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आइतबार वेबटिभी खबरलाई दिएको जानकारीअनुसार यही पुस २९ गतेसम्म फारम भर्न सकिनेछ । यसरी क्रमशः विज्ञापन खुल्दै गर्दा मानिसहरूको चासो भने उमेरसम्बन्धी छ ।

    कति उमेरसम्मले दरखास्त दिन पाउने हाे ? भन्ने चासाे धेरैकाे छ । त्यसका लागि उमेर तोकिएको छ । १८ वर्ष पुरा भई २०७८ पुस २९ गतेसम्म ४० वर्ष नकटेका व्यक्तिहरूले आयोगको फारम भर्न पाउने सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए । पुस महिना ३० को छ । यस मितिमा ४० वर्ष पुरा भएको व्यक्तिहरूले फारम भर्न पाउने छैनन् ।

    त्यसैगरी प्रारम्भिक बालविकास सहकर्ता (इसीडी शिक्षक) ले शिक्षक सेवाकाे फारम भर्न पाउँछन् कि पाउँदैनन् भन्ने वेबटिभी खबरको प्रश्नमा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले भने, ‘सम्बन्धित विषयमा स्नातक पास गरेको हुनुपर्छ । अध्यापन अनुमतिपत्र (लाइसेन्स) हुनुपर्छ । र,१० महिना शैक्षिक तालिम लिएको हुनुपर्छ ।’ मरहठ्ठाको भनाइअनुसार इसीडी शिक्षकमा पनि सो योग्यता छ भने आयोगको फारम भर्न सकिन्छ ।

    यदि विज्ञान, गणित र अंग्रेजीलाई मुख्य विषय बनाई स्नातक पास गरेका र हाल इसीडी शिक्षकको भूमिकामा काम गरिहरेकाहरूलाई भने १० महिनाको तालिम नचाइने मरहठ्ठाले बताए ।

    हाल देशभर सामान्य साक्षरदेखि स्नातकोत्तर उत्तीर्ण गरेका इसीडी शिक्षकहरू छन् ।

    तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology