काठमाडौं । प्रदेश१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको खुला केन्द्रीय सदस्यमा पराजित भएका छन् । कांग्रेसको विधान अनुसार खुला केन्द्रीय सदस्य तर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ। तर कार्कीले ३७ औँ मत प्राप्त गरेका छन् ।
शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले १६४४ मत पाएका छन् । उनी ६४ मतले पराजित भएका हुन् । उनी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij