धनगढी । नेकपा एमालेकै कार्यकर्ताले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
मंगलबार युवा संघ नेपालले धनगढीमा ओलीको पुत्ला जलाएको हो ।
वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई कारबाही गरेको विरोधमा ओलीको पुत्ला जलाएको जनाएको छ ।
युवा संघ सुदूरपश्चिमका अध्यक्ष बाबुराजा श्रेष्ठले ओलीको अवैधानिक कार्यको विरोध गरिएको बताए ।
पुत्ला दहनपछि युवा संघका कार्यकर्ताले ओलीविरुद्ध नाराबाजी गरेका थिए ।
ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।
त्यस्तै, नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij