Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संसारकै पहिलो टेस्ला बेबी, यस्तो छ कहानी

संसारकै पहिलो टेस्ला बेबी, यस्तो छ कहानी

  • 485
    SHARES
  • संसारकै पहिलो टेस्ला बेबी, यस्तो छ कहानी

    न्युयोर्क । अमेरिकामा एक दम्पतीलाई टेस्लाको गाडीभित्रै सन्तान लाभ भएको छ । अमेरिकी विद्युतीय कार टेस्लाभित्रै शिशुको जन्म भएको हो । शिशुलाई संसारकै पहिलो टेस्ला बेबी नाम दिइएको छ । फिलाडेल्फियाका ३३ वर्षीया यिरान शेरी र उनका ३४ वर्षीय पति किटिङ कारमा यात्रा गरिरहेका बेला अकस्मात शेरीलाई सुत्केरी बेथा लाग्यो । दुर्भाग्यवश, त्यही बेला उनीहरु ट्राफिक जाममा परे । 

    images

    यात्राकै समयमा बीच बाटोमा सुत्केरी व्यथा लागेपछि र जाममा परेपछि उनीहरुलाई लाग्यो अब समयमै अस्पताल पुगिदैन् । तसर्थ उनीहरुले गाडिलाइ अटोपाइलट मोडमा राख्ने निधो गरे । उनीहरु फसेको स्थानबाट २० मिनेटको दूरीमा अस्पताल थियो । त्यसपछि किटिङले प्रसुतिका लागि श्रीमतिलाई सहयोग गरे । ‘उनले मेरो हात जोडले समाएकी थिइन् । मैले उनलाई आफ्नो सासमा ध्यान दिन आग्रह गरे, ताकी उनी शान्त रहुन,’ केटरिङले भने ।

    केही समयमा नै उनले गाडीभित्रै शिशु जन्माइन् । उनीहरुले बच्चाको सालनाल पनि गाडिभित्रै काटे । अटोपाइलट मोडमा रहेको गाडी त्यतिबेलासम्म अस्पतालमा पुगिसकेको थियो । दम्पत्तीले आफूहरुको भोगेको समस्या सुन्दा अस्पतालका कर्मचारी पनि दंग परेका थिए । लगत्तै एक कर्मचारीले भने, ‘टेस्ला बेबी’ भनेका थिए । चिकित्सकहरुले बच्चा स्वस्थ भएको जानाकारी दिएपछि यो दम्पती खुसीले फुरुङ्ङ भएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology