वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मधेसी महिलातर्फको मत परिणाम सार्वजनिक भएको छ । जसमा मुक्ताकुमारी यादवले सर्वाधिक मत पाएकी छन्।
त्यस्तै चार पदका लागि भएको निर्वाचनमा मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव विजयी भएकी हुन् । चार पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । जसमा सबैभन्दा कम मत ल्याएर किरण यादव बाहिरिएकी हुन् ।
मधेशी महिलातर्फ केन्द्रीय सदस्यमा विजयी भएकी मुक्ताले खसेको ४६७१ मतमध्ये ३९६० मत प्राप्त गरिन्। अर्थात मुक्ताले करिब ८५ प्रतिशत मत प्राप्त गरेकी छन्। त्यस्तै मिनाक्षीले ३०१२, मञ्जुकुमारीले २८८६ र नागिनाले २८४६ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij