Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ? 

सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ? 

  • 611
    SHARES
  • सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ? 

    काठमाडौं । बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर २’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ । फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ । जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन् ।

    समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरका मालिक देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका छन् ।

    ‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपैयाँ दिने सहमति भएको थियो । तर उनीहरुले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,’ उनले भनेका छन् ।

    घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपैंयाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो ।

    फिल्म ‘गदर २’ सन् २००१ मा आएको फिल्म ‘गदर’को सिक्वेल हो । यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij