वेबटिभी खबर
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्, सुर्खेतको अध्यक्षमा दोर्णजंग विसी निर्विरोध चयन भएका छन् ।
परिषद्को मंगलबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले विसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा दीपबहार बिष्ट, महिला उपाध्यक्ष ओविसरा महतारा सचिवमा गोपाल सापकोटा र कोषाध्यक्षमा तुलसी बुढा रहेका छन् ।
साथै सदस्यमा नरबहादुर बुढा, रूपलाल महातारा र केशव राना सदस्य छन् ।
नयाँ नेतृत्वले विद्यालय कर्मचारीको पारिश्रमिकलगायतका लागि सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij