Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कांग्रेस प्रदेश नं २: नयाँ नेतृत्व चयनका लागि आज मतदान

कांग्रेस प्रदेश नं २: नयाँ नेतृत्व चयनका लागि आज मतदान

  • 412
    SHARES
  • कांग्रेस प्रदेश नं २: नयाँ नेतृत्व चयनका लागि आज मतदान

    काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाईमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । 

    जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए। सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 

    संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।

    कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् भने छ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ ।

    कांग्रेस प्रदेश २ अधिवेशन : निधिको सिफारिसमा मन्त्री, देउवा पक्षबाट उम्मेदवार कांग्रेस प्रदेश २ अधिवेशन : निधिको सिफारिसमा मन्त्री, देउवा पक्षबाट उम्मेदवार

    कांग्रेस अधिवेशन : प्रदेश २ मा कसकाे पल्ला भारी ? कांग्रेस अधिवेशन : प्रदेश २ मा कसकाे पल्ला भारी ?

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij