Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

केपी ओलीलाई भेटेर विप्लव समूहका नेता सुदर्शनले के भने ?

केपी ओलीलाई भेटेर विप्लव समूहका नेता सुदर्शनले के भने ?

  • 684
    SHARES
  • केपी ओलीलाई भेटेर विप्लव समूहका नेता सुदर्शनले के भने ?

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको भएको छ । भेटवार्ता बुधबार साँझ भएको हो ।

    भेटमा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको भेटमा सहभागी नेकपाका नेताहरूले बताएका छन् । 
    सचिवालय सदस्य सुदर्शनले आफ्नो पार्टी तत्कालीन ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको, जेलमा रहेका नेता कार्यकर्ता रिहाई नभएको भन्दै सहमतिमा हस्ताक्षरकर्ताको हैसियतमा ओलीले पहल गरिदिन आग्रह गरेका थिए ।

    उनले ओली नेतृत्वकै सरकारले सहमति कार्यान्वयनको प्रक्रिया अगाडि नबढाएकोप्रति पनि गुनासो समेत गरेका थिए । जवाफमा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले नेकपासँग तीन बुँदे सहमति गरेको र कार्यान्वयनको प्रक्रियामै रहेको बेला सरकारबाट आफूलाई हटाइएका कारण समस्या भएको बताएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij