Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

शिक्षक सेवा आयोगको विज्ञापन संशोधन गर्न साहको माग

शिक्षक सेवा आयोगको विज्ञापन संशोधन गर्न साहको माग

  • 4.1K
    SHARES
  • शिक्षक सेवा आयोगको विज्ञापन संशोधन गर्न साहको माग

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले शिक्षक सेवा आयोगले मंगलबार (७ पुस) मा जारी गरेको निम्न माध्यामिक विद्यालय तहको विज्ञापन संशोधन गर्न माग गरेका छन् । आयोगले अस्वभाविक, अदूरदर्शी, अवैज्ञानिक एवम् पक्षपातपूर्ण विज्ञापन जारी गरेकाले तुरन्त संशोधन गर्न साहले माग गरेका हुन् ।

    बिहीबार सामाजिक सञ्जालमा साहले लेखेका छन्, ‘प्रदेश नं.२ आज पनि साक्षरता, प्रतिव्यक्ति आय, औसतआयु र मृत्युदरलगायत समग्र मानव विकास सूचकांकको हिसाबले समेत सबैभन्दा पछाडि छ । प्रदेश २ मा रहेको धेरै जनसंख्या, उच्च जनघनत्व र बढ्दो विद्यार्थी चापलाई समेत नजरअन्दाज गर्दै शिक्षक सेवा आयोगले निकालेको विज्ञापनमा सबैभन्दा कम सिट÷पद संख्या प्रदेश नं.२ लाई उपलब्ध गराइएको यस बदनियतपूर्ण कार्यलाई कुनैपनि हिसाबले सामान्य/स्वभाविक मान्न सकिदैन ।’

    ‘शिक्षक सेवा आयोगको यस अस्वभाविक, अदूरदर्शी, अवैज्ञानिक एवम् पक्षपातपूर्ण गलत विज्ञापनलाई तुरन्त संसोधन÷खारेज गर्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण सहित जोडदार माग गर्दछु,’ साहले थप भने ।

    prabhus.JPG

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij