वेबटिभी खबर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमाले विखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा जनताप्रति गरेका प्रतिवद्धता पुरा नगरेको र पार्टीको कार्यदिशा तथा सिद्धान्त नै परित्याग गरेकाले एमाले अब विखण्डनतर्फ जान लागेको भन्दै अव माथि उठ्न नसक्ने तर्क गरेका हुन् ।
उनले जनताले शक्तिशालि बनाएको एमालेलाई केपी ओलीले कमजोर बनाएकाले एमाले अब पानीको फोका जस्तै भएको जिकिर गरे । खनालले गएको निर्वाचनमा जनतासंग गरेको प्रतिवद्धतालाई पनि ओलीले तिलाञ्जली दिएको र पार्टीलाई सहि बाटोमा हिडाउन नसकेका कारण आफुहरुले नयाँ बाटो रोजेको उनको भनाइ छ । त्यस्तै खनालले पार्टी निर्माणको चार महिनामै आफूहरुले राष्ट्रव्यापी पार्टी बनाइसकेको समेत दाबी गरे ।
खनालले समाजवादमा पुगेर मात्र सुखी नेपाली समृद्ध नेपालको पुरा हुने धारणा राखे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij