Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पश्चिमा देशले रुससँग झुट बोलेः पुटिन

पश्चिमा देशले रुससँग झुट बोलेः पुटिन

  • पौष ८, २०७८ बिहिवार २२:०० बजे
  • 719
    SHARES
  • पश्चिमा देशले रुससँग झुट बोलेः पुटिन

    एजेन्सी ।  रूसका राष्ट्रपति भ्लादमिर पुटिनले नेटोको विस्तारका बारेमा पश्चिमा देशले रुससँग झुट बोलेको आरोप लगाएका छन् ।  हरेक वर्ष आयोजना गर्ने गरिएको वार्षिक प्रेस कन्फरेन्समा पुटिनले अमेरिकासँग सुरक्षा ग्यारेन्टीको मागबारे छलफल भएको र त्यसमा सकारात्मक प्रगति भएको बताए । पछिल्लो समय रूस र पश्चिमी देशबीच युक्रेनलाई लिएर चर्काचर्की चलिरहेको छ । 

    पश्चिमी देशहरुले रुसले युक्रेनसँग जोडिएको आफ्नो सीमा ठूलो संख्यामा सैनिक तैथानी गरेको र युक्रेनमाथि आक्रमणको योजना बनाइरहेको आरोप लगाएका छन् । 

    एक प्रश्नको जवाफमा पुटिनले युक्रेनको तर्फबाट उत्पन्न खतराको जबाफ रुसले दिइरहेको बताए । पुटिनले युक्रेनको अमेरिकासँग कस्तो कुराकानी भइरहेको भन्ने विषयले भन्दा पनि उ माथिको कारबाही देशको सुरक्षामाथि निर्भर रहने स्पष्ट पारे । 

    पुटिनले पूर्वतिर नेटोको विस्तार हुन नहुने बताए । 

  • सम्बन्धित विषय:

  • # भ्लादमिर पुटिन
  • # रूस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij