Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

  • 486
    SHARES
  • पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

    पोखरा । पोखरामा आजदेखि १८औं संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगितामा महिला र पुरुष खुलासहित भेट्रान्स इभेण्ट हुनेछ । कास्की जिल्ला टेनिस संघको आयोजनामा हरेक वर्ष प्रतियोगिता हुँदै आएकोमा गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको थियो । रंगशालाभित्रका ६ वटा टेनिस कोर्टमा प्रतिस्पर्धा हुने आयोजकले बताएको छ ।

    महिला पुरुषको खुलाबाहेक पुरुषतर्फ ३५ वर्षमाथिको एकल र डबल्स, ४५ वर्षमाथिको एकल र डबल्स, ५५ वर्षमाथिको उमेर समूहको एकल र डबल्स र ६५ वर्षमाथिको उमेर समूहको एकल गरी ११ इभेण्टमा प्रतिस्पर्धा हुने टेनिस संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक नविन चालिसेले जानकारी दिए ।

    पुरुष एकलतर्फ १६ जना, डबल्सतर्फ ९ समूहको प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ एकलमा १२ जना र डबल्सतर्फ ७ टोलीले प्रतिस्पर्धा गर्ने छन् । उमेर समूहतर्फ ३५ वर्षमाथिको उमेर समूहको एकलतर्फ २१ जना र डबल्सतर्फ १३ टिमले प्रतिस्पर्धा गर्ने छ । ४५ वर्षमाथिको उमेर समूहमा एकलतर्फ ३२ जना र डबल्सतर्फ २१ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

    त्यस्तै ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा १५ जना एकलतर्फ र १३ टिम डबल्सतर्फ प्रतिस्पर्धा गर्ने छन् । ६५ वर्षमाथिको उमेर समूहमा भने ८ जनाले प्रतिस्पर्धा गर्ने छन् । राप्रपाका पूर्वअध्यक्ष कमल थापा पनि प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले ८० हजार र उपविजेतालाई ४० हजार नगद पुरस्कार छ । डबल्सतर्फका विजेताले नगद ३० हजार र उपविजेताले १५ हजार एवं सेमिफाइनलिष्टले १० हजार प्राप्त गर्ने छन् । उमेर समूहअन्तर्गत ३५ वर्षमाथिको उमेर समूह विजेतालाई एकलतर्फ ६० हजार र उपविजेतालाई ३० हजार नगद पाउँदा डबल्सतर्फ २० र १० हजार पुरस्कार छ ।

    ४५ वर्षमाथिको उमेर समूहको एकलतर्फ ४० हजार र उपविजेताले २० हजार, डबल्सतर्फ विजेतालाई २० र उपविजेतालाई १० तथा ५५ वर्षमाथिका एकल विजेताले ३० हजार र उपविजेताले २०, डबल्सतर्फ विजेताले २० र उपविजेताले १० हजार पुरस्कार पाउँछन् । ६५ वर्षमाथि भने समूह विजेतालाई १० हजार पुरस्कार छ । सबै इभेण्टमा सेमिफाइनल खेल्ने सबैलाई १० हजार नगद उपलब्ध गराइने चालिसेले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij