Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

राई र पौडेलविरुद्धको प्रस्ताव फिर्ता भएको कदम कर्णली र सुदूरपश्चिमका लागि पनि जनादेश हुन सक्ने थापाको टिप्पणी

राई र पौडेलविरुद्धको प्रस्ताव फिर्ता भएको कदम कर्णली र सुदूरपश्चिमका लागि पनि जनादेश हुन सक्ने थापाको टिप्पणी

  • चैत्र १९, २०७७ बिहिवार ०९:३३ बजे
  • 652
    SHARES
  • राई र पौडेलविरुद्धको प्रस्ताव फिर्ता भएको कदम कर्णली र सुदूरपश्चिमका लागि पनि जनादेश हुन सक्ने थापाको टिप्पणी

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले बागमती प्रदेश र प्रदेश नम्बर-१ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत भएको बताएका छन् । उनले यी दुईवटा प्रदेशको यस्तो कदम कर्णाली र सुदूरपश्चिममा पनि जनादेशका रूपमा पुग्नुपर्ने धारणा राखेका छन् । 

    images

    उनले सामाजिक सञ्जाल ट्विटरमा यस्तो विचार राखेका हुन् । ‘प्रदेश नं १ र वागमतीका मुख्यमन्त्री विरूद्द ल्याएका अविश्वास प्रस्ताव फिर्ता हुनु सकारात्मक संकेत हो ।

    हिजो जुनसुकै कारणले अराजकता देखिए पनि आज अनुशासन, एकता, स्थिरता र बलियो सरकार पक्षका यी कदम सही छन्,’ प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापाले लेखेका छन्, ‘कर्णाली र सुदूरपश्चिममा पनि जनादेशअनुरूप निष्कर्षमा पुग्नु अनिवार्य छ ।’

    बागती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईलाई तत्कालीन नेकपाकै प्रदेश सांसदहरूले पुस १० मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।जसमा राईविरुद्धको अविश्वासको प्रस्ताव केही दिनअघि नै फिर्ता लिइएको छ । 

    पौडेलविरुद्धको अविस्वासको प्रस्ताव बुधबार फिर्ता लिइएको हो । बुधबार काठमाडौंमा सम्पन्न बागमती प्रदेशको संसदीय दलको बैठकमा बागमती प्रदेशमा मुख्यमन्त्रीकी वैकल्पिक उम्मेद्वार अष्टलक्ष्मी शाक्य आफैले पौडेल पौडेल विरुद्धको सो प्रस्ताव फिर्ता लिएको र अब पार्टीलाई एकतावद्ध रुपमा अघि लिएर जान चाहेको बताएकी छन् ।

  • सम्बन्धित विषय:

  • # सूर्य थापा

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology