Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सरकारप्रति माओवादी केन्द्र र कांग्रेसको ‘दोहोरो चरित्र’ प्रति विष्णु रिजालको प्रतिक्रिया

सरकारप्रति माओवादी केन्द्र र कांग्रेसको ‘दोहोरो चरित्र’ प्रति विष्णु रिजालको प्रतिक्रिया

  • चैत्र १९, २०७७ बिहिवार १२:४१ बजे
  • 951
    SHARES
  • सरकारप्रति माओवादी केन्द्र र कांग्रेसको ‘दोहोरो चरित्र’ प्रति विष्णु रिजालको प्रतिक्रिया

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले सरकारप्रति द्वैध मानसिकता देखाएको संकेत गर्दै प्रतिक्रिया जनाएका छन् ।

    कांग्रेस र माओवादी केन्द्रलाई समर्थन दिइरहने अनि प्रधानमन्त्रीको राजीनामा पनि मागेको भन्दै रिजालले प्रतिक्रिया दिएका हुन् ।

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका नेता देव गुरुङले प्रधानमन्त्रीको राजीनामा माग्नु सैद्धान्तिक रुपमा संगतिपूर्ण नरहेको रिजालले औंल्याएका छन् ।

    ‘प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सरकारलाई समर्थन गरिरहेको नेकपा माओवादी केन्द्र दुवैले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको सुन्दा उदेक लाग्छ,’ रिजालले लेखेका छन्, ‘अझ ‘सरकार अल्पमतमा परिसकेको’ भन्दै माओवादीका प्रमुख सचेतकले त संसदमै राजीनामा मागेको पनि सुनियो । नबुझेको कुरा : आफैंले दिएको समर्थन फिर्ता लिन र संविधानले व्यवस्था गरे अनुसार अविश्वास प्रस्ताव ल्याउन उनीहरूलाई सरकारले रोकेको छ र ?’

  • सम्बन्धित विषय:

  • # विष्णु रिजाल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij