Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कर्मचारीका लागि स्थानीय तहलाई परिपत्र [पत्रसहित]

विद्यालय कर्मचारीका लागि स्थानीय तहलाई परिपत्र [पत्रसहित]

  • 14.6K
    SHARES
  • विद्यालय कर्मचारीका लागि स्थानीय तहलाई परिपत्र [पत्रसहित]

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास र तथा समन्वय इकाइ मोरङ, विराटनगरले कानुन विपरित सामुदायिक विद्यालय आफैंले कर्मचारीको पद सिर्जना गरी स्थायी नियुक्ति गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको छ । इकाइले मंगलबार जिल्लाका सबै स्थानीय तहका शिक्षा शाखालाई परिपत्र गर्दै उक्त ध्यानाकर्षण गराएको हो ।

    images

    ‘विभिन्न सामुदायिक विद्यालयहरूमा विद्यालय कर्मचारी नियुक्ति सम्बन्धी विषयमा विभिन्न नियमनकारी निकायहरूमा उजुरी परेको र छानविन गर्दा विद्यालय कर्मचारी स्वीकृत पद नै नभएको, विद्यालय व्यवस्थापन समितिलाई कर्मचारी स्थायी नियुक्ति गर्ने कार्यक्षेत्र नरहेको र नियुक्ति गर्दा शैक्षिक योग्यता एवम् नियुक्ति प्रक्रियासँग सम्बन्धित मापदण्ड/कार्यविधि समेतको परिपालना नगरी विद्यालय आफैंले कर्मचारीको पद सिर्जना गरी स्थायी नियुक्ति गर्ने कार्यले विद्यालयलाई दीर्घकालीनसम्म आर्थिक भार बढ्ने साथै उक्त कार्य कानुन विपरित हुने र दरवन्दी नै नरहेको स्थानमा नियुक्ति गरेमा शिक्षा नियमावली २०५९ (संशोधन सहित) नियम ९८ को उपनियम ३ अनुसार त्यस्तो नियुक्त व्यक्ति/कर्मचारीको लागि तलबभत्ता वापत खर्च भएको रकम नियुक्त गर्ने पदाधिकारीबाट असुल उपर गरिनेछ भन्ने व्यवस्था भएको हुँदा कर्मचारीको पद स्वीकृत र नियुक्ति सम्बन्धी कानुनी व्यवस्थालाई अनिवार्य रूपमा परिपालन गर्न गराउनु हुन अनुरोध छ,’ जारी परिपत्रमा भनिएको छ ।

    इकाइले विद्यालय कर्मचारी सम्बन्धी नीति गत व्यवस्था र विद्यालय सहयोगी र कर्मचारीको करार नियुक्तिबारे पनि ध्यानाकर्षण गराएको छ । 

    शिक्षक सेवा : प्राथमिक तहको परीक्षा मिति तोकियो  शिक्षक सेवा : प्राथमिक तहको परीक्षा मिति तोकियो 

    हेर्नुहोस् पत्र 

    kar.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology