वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९२, ललितपुरमा १८ र भक्तपुरमा १३ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै गत २४ घण्टामा देशभर २२० जना संक्रमित थपिएका छन् भने २ जनाले ज्यान गुमाएका छन् ।
बुधबार २५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८६४ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ६ हजार ४३३ पीसीआर तथा १ हजार १७५ एन्टिजेन परीक्षण भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij