Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

कोरोना बढ्नुमा व्यक्ति स्वयंकाे कमजोरी छ !

कोरोना बढ्नुमा व्यक्ति स्वयंकाे कमजोरी छ !

  • चैत्र १९, २०७७ बिहिवार १३:०० बजे
  • 538
    SHARES
  • कोरोना बढ्नुमा व्यक्ति स्वयंकाे कमजोरी छ !

    काठमाडौं । कोरोना महामारीको करिब एक वर्षभन्दा बढीको समयलाई केलाएर हेर्दा यसको विश्लेषण विभिन्न किसिमबाट गर्न सकिन्छ । महामारी रोकथाम र नियन्त्रणमा सरकारको भूमिका मुख्य हुन्छ । तर सरकारको कार्यक्रम र प्रयासलाई सफल पार्न आम नागरिकको सहयोगले ठूलो महत्व राख्दछ । सरकारका हरेक प्रयास र कार्यहरूलाई आम नागरिकले सहयोग नगरेसम्म यस्ता महामारी रोगहरू नियन्त्रणमा धेरै कठिनाई उत्पन्न हुन्छ ।

    विश्व समुदायमा कोरोनाबाट प्रभावित देशहरूमा करिब ८० प्रतिशत नागरिक प्रभावित भएको र यो संसारको करिब २५ प्रतिशत जनसंख्या पर्दछ ।  कोरोना रोकथाम र नियन्त्रणमा राम्रो प्रयास गरेका देशहरूमा अष्टे«लिया, न्यजिल्यान्ड र चीन पर्छन् । रोग नियन्त्रणमा सबै प्रतिरोधात्मक र प्रवर्धानात्मक उपाय होशियारीपूर्वक अवलम्बन गर्नु नै यसकोे उपलब्धि हो । 

    यस लेखमा नेपालमा कोरोना बढ्नुका कारण र आम नागरिकको दायित्वबारे चर्चा गरिएको छ । कोरोना श्वासप्रश्वासको माध्यमबाट एउटा संक्रमित व्यक्तिबाट अर्को स्वस्थ व्यक्तिमा छिटो सर्ने सरुवा रोग भएको हुँदा यसको नियन्त्रण गर्न कठिन हुन्छ । यो रोग नेपालको सन्दर्भमा नियन्त्रण गर्न कठिन हुनु वा रोग अनपेक्षित रूपमा बढ्नुका कारणहरू देहाय बमोजिम छन् ।

    १. भारत-नेपालबीच खुल्ला सिमानाः

    यो रोगले भारतमा धेरै मानिस संक्रमित भए । रोजगारीको क्रममा भारत गएका नेपाली नागरिक संक्रमित भएर स्वदेश फर्कन सक्ने र त्यसरी फर्कनेबाट संक्रमण फैलिएको छ । कोरोना भाइरसले व्यक्तिको परिवार, छिमेकी र समाजलाई प्रभाव पारिरहेको छ । यो अवस्था कोरोनाको सुरुवातीका दिनहरुमा धेरै देखियो । 

    २. जनस्वास्थ्य र स्वास्थ्य प्रर्वद्धनको उपायमा हेलचक्र्याईं:

    अधिकांश नेपाली जनताहरूको बुझाई स्वास्थ्य सेवा भनेको अस्पतालबाट दिइने औषधि र अप्रेशन भन्ने छ । रोगबाट कसरी बच्ने भन्ने कुरा तर्फ ध्यान हुँदैन । यसरोग बाट बच्न हरेक व्यक्तिले सामाजिक दुरी कायम गर्नेे, भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, बारम्बार साबुनपानीले हात धुने, रुघाखोकी, ज्वरो, जीउ दुख्ने आदि संकेत देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाहअनुसार क्वारेन्टिनमा बस्ने र नियमित रुपममा स्वास्थ्य जाँच गराउने आदि उपायको प्रर्याप्त मात्रामा अबलम्वन नर्गनाले ।

    ३. साधन र स्रोतको कमीः

    संकास्पद रोगी र पहिचान भएका विरामीको उपयुक्त गुणस्तरीय उपचार र स्याहार गर्नका लागि प्रत्येक स्थानीय तहमा यसको प्रयाप्त साधन स्रोतको वितरण हुन नसक्नु । कोरोना सम्बन्धी स्रोत साधनहरु केन्द्रमुखी हुनु ।

    ४. राजनैतिक संक्रमणताः

    पछिल्लोे समय नेपालमा अनपेक्षित रुपमा कोरोनाका बिरामी बढेको तथ्याङ्क आइरहेको छ । यसको मुख्य कारण करिब केही महिना अघिदेखिको राजनैतिक द्वन्द पनि हो । हाल सरकारको नेतृत्व गरेको पार्टी भित्रको आन्तरिक कलहको कारण नेताहरु र कार्यकर्ताहरु २–३ भागमा विभाजित भई एकले अर्कोलाई आरोप लगाउने, नाराबाजि, आमसभा र जुलुस आदि गरेर आमनागरिकलाई जम्मा गरेको कारणले कोरोना भाइरसको संक्रमण बढेको अनुमान गर्न सकिन्छ । यसरी नेता कार्यकर्ताका पछि लागेर कोरोना रोगबाट बच्ने उपायमा असहयोग गरेको प्रमाण हामीले देखिरहेको मानिसहरुको भिडभाडले प्रष्ट पार्दछ ।

    ५. चेतनाको कमी: 

    नेपाल कम विकसित भएकाले यहाँ चेतनाको कमी हुनु स्वभाविक हो । आर्थिक अवस्था पनि कमजोर भएको कारण रोगलाई भन्दा भोकलाई ठूलो मान्नु पर्ने बाध्यता छ । कोरोनाको कारणले रोजगारीमा समेत असर परेको छ । मानिसले दैनिक गाँस र बासको व्यवस्था गर्न नसकेर छटपटाई रहेको वेला कोरोनाबाट बच्ने उपायहरूलाई उलंघन गरेको पाइएको छ । अशिक्षाका कारणले के सही के गलत भन्ने कुरा थाहा नहुँदा यो समस्या बढेको अनुमान लगाउन सकिन्छ ।

    कोरोना रोगबाट बच्न मुख्यतया तलका कुरामा हरेक व्यक्तिले ध्यान दिन सकेमा यो रोगको दर घटाउन सहयोग पुग्छ  

    -अनिवार्य रुपमा बारम्बार सावुनपानीले हात धुने कुरालाई बानीको रुपमा विकास गर्ने । 

    -कुनैपनि हालतमा हातले मुख, नाक र आँखा नछुने । 

    -काम नपरेसम्म घरबाहिर ननिस्कने । मानिसको भिडभाडमा जानु परे सहि तरिकाले मास्कको प्रयोग गर्ने । 

    -बाहिरबाट घर फर्केपछि अनिवार्य रुपमा कपडाहरु बदलेर त्यसकोे सरसफाई गर्ने ।

    -आमसभा, भेला, जात्रा, तथा धेरै मानिसहरु जम्मा नगर्ने ।

    -हरेक कार्यस्थलमा सामाजिक दुरी कायम गर्ने ।

    -सकेसम्म सुरक्षित वा अनलाइनबाट काम गर्ने ।

    - विद्यालय तथा अन्य कार्यस्थलमा सामाजिक दुरी कायम गर्नुका साथै अन्य रोकथामको उपाय अपनाउने ।

    - हरेक व्यक्ति यो रोग नियन्त्रणमा सक्रिय भइ रोकथामका उपाय पूर्णरुपमा पालना गर्ने ।

    -सरकारले कोरोना रोकथाममा वास्तविक र व्यवहारिक नीति निर्माण गरि कार्यन्वयन गर्ने र राजनैतिक संकट हटाउने ।


    जनस्वास्थ्यविद्  धिताल अष्ट्रेलियामा विद्यावारिधि गर्दै छन् ।  

  • सम्बन्धित विषय:

  • # शालिकराम धिताल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology