वेबटिभी खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गोरखकाली रबर उद्योगमा मजदूरी गर्नेहरूलाई उद्योग पुनः सञ्चालन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।
डा.भट्टराई पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन (सुज) को दोस्रो अभियानका लागि मंगलबार गृहजिल्ला गोरखा पुगेका थिए । सोक्रममा डा.भट्टराईले बुधबार (१४ पुस) मा गोरखा नपालिका-१३ दराई गाउँमा धनमाया दराईको घरमा वास बसे ।
दराईको जमिन खोसेर बनाइएको रबर उद्योगमा मजदूरी गर्ने दराईहरू अहिले उद्योग नै बन्द भएर घर न घाट भएको दृश्यले आफ्नो मन कुँडिएको डा.भट्टराईकाे भनाइ छ ।
‘सुज अभियानमा गोरखा नगरपालिका-१३ दराईगाउँमा धनमाया दराईको घरमा वास बसेर बिदा हुँदै । ३०/३५घर आदिवासी दराईको जमिन खोसेर बनाइएको गोरखकाली रबर उद्योगमा मजदूरी गर्ने दराईहरू अहिले उद्येग नै बन्द भएर घर न घाट भएको दृश्यले मन नकुँडिइरहन सकेन । उद्योग सञ्चालन गर्न पहल गर्ने आश्वासन बाहेक के दिने र !’ डा.भट्टराईले बुधबार ट्वीटरमा लेखेका छन् ।
रबर उद्योग पुनः सञ्चालनबारे डा.भट्टराईको विस्तृत भनाइ यो अन्तर्वार्तामा छ :
गोरखा समग्र नेपालकै सानो मोडेल हो : डा.बाबुराम भट्टराई [अन्तर्वार्ता]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij