Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

[टिप्पणी] विद्यालय कर्मचारीले अधिकारका लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गर्नुपर्छ 

[टिप्पणी] विद्यालय कर्मचारीले अधिकारका लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गर्नुपर्छ 

  • 2.6K
    SHARES
  • [टिप्पणी] विद्यालय कर्मचारीले अधिकारका लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गर्नुपर्छ 

    शिक्षक महासंघले विद्यालयमा लेखापालकाे दरबन्दी माग्नुको सट्टा १५ हजार न्युनतम तलब हुनुपर्ने माग गर्यो । विद्यालय कर्मचारीको मागलाई महासंघले आफ्नो ठानेन् । यस्ताे भएपछि हामी विद्यालय कर्मचारीले शिक्षक महासंघसँग घाँटी जोड्नु जरुरी छैन । शिक्षक महासंघले विद्यालय कर्मचारी बर्गका लागि आन्दोलन गर्न सक्छ ?

    images

    शिक्षा क्षेत्रमा विद्यालय कर्मचारीभन्दा पीडित अर्काे वर्ग छैन । मलाई लाग्छ शिक्षक महासंघ भन्ने नाममै विभेद छ । त्यसको बदला शिक्षक कर्मचारी महासंघ वा शिक्षा महासंघ वा सामुहिक पहिचान हुनेगरी नाम राख्नुपर्थ्याे । शिक्षक महासंघको विधानले शिक्षकलाई मात्र प्राथमिकता दिएको देखिन्छ ।

    शिक्षकको नेता अध्यक्ष हुँदा कर्मचारीको नेता उपाध्यक्ष बनाउने र बालविकासको नेता सचिव वा कोषाध्यक्ष हुने वर्गीय समावेसिता लागू छ त ? श्रम ऐनविरुद्ध र सरकारले गरेको बजेट भाषणविरुद्ध स्थानीय सरकारले विद्यालय कर्मचारीलाई पारिश्रमिक नदिने, ६० वर्षे हदम्यादले अवकास हुँदा विद्यालय कर्मचारी रित्तो हात रूँदै घर जानुपर्ने पीडा शिक्षक महासंघले देखेको छ । त्यो पीडाले महासंघको नेतृत्वलाई दुख्यो कि दुखेन ?

    एकै ठाउँमा पेशा गर्नेबीच वर्गीय भेद हुन्छ भने हामी कर्मचारी पनि एकजुट हुन जरुरी छ । असमानताविरुद्ध हामी एक भएर अघि बढ्नु पर्छ । हामीलाई पीडामा साथ नदिने शिक्षक महासंघको वर्तमान अधिवेशन र कर्मचारी परिषद्को वर्तमान अधिवेशन वहिष्कार गरौं । विद्यालय कर्मचारीले आफ्नो लागि आफ्नै नेतृत्वमा बेग्लै आन्दोलन गरौं ।

    हाम्रो हितमा केही नगर्ने तर लेवि उठाउन आउनेलाई नदिऔं । हाम्रो माग पूरा नभएसम्म लगातार लागिपर्ने गरी अघि बढौं । हामीले भविष्यलाई साक्षी राखेर आफ्नो निर्णय गर्नुपर्छ । हाम्रो माग अरुले पुरा गरिदेलान भनेर बस्नु हुँदैन् । यसरी परजीवी र दास बन्नुको सट्टा हामीले स्वतन्त्र संघर्ष समिति बनाएर आन्दोलन गर्न सक्दैनौं र ? के हामी शक्तिविहीन मास हौं ?

    राज्यले विभेद गर्यो भने विभेदविरुद्ध संर्घष गर्ने सबैको अधिकार बन्छ । संविधानले नै विभेदविरुद्ध लड्ने अधिकार दिएको छ । श्रमको हक, रोजगारिको हक, उचित पारिश्रमिकको हकलगायतका विषयमा हामीले आन्दोलन गर्नुपर्छ ।

    [अवस्थी स्वतन्त्र कर्मचारी संघर्ष समिति अभियन्ता हुन्] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology