Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

यी दश कम्पनीकाे शेयर मूल्य समायोजन

यी दश कम्पनीकाे शेयर मूल्य समायोजन

  • 680
    SHARES
  • यी दश कम्पनीकाे शेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो ।

    नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको शेयर मूल्य समायोजन भएको जनाएको छ । 

    अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो । आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij