Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

म्यानमारको सैन्य 'कू'विरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने कांग्रेस नेतृ डिला संग्रौलाको जोड

म्यानमारको सैन्य 'कू'विरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने कांग्रेस नेतृ डिला संग्रौलाको जोड

  • चैत्र १९, २०७७ बिहिवार १६:२९ बजे
  • 1.3K
    SHARES
  • म्यानमारको सैन्य 'कू'विरुद्ध विश्वव्यापी दबाब सिर्जना गर्नुपर्ने कांग्रेस नेतृ डिला संग्रौलाको जोड

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले म्यानमारमा जारी प्रजातन्त्रविरोधी सैनिक 'कू' को विरोध गरेकी छिन् । म्यानमार सेनाद्वारा गरिएको प्रजातान्त्रिक व्यवस्था र त्यहाँका जनताको  हत्याप्रति  गम्भीर ध्यानाकर्षण भएको समेत बताएकी छिन् । 

    ‘पछिल्लो निर्वाचनमा ८३ प्रतिशत सिट पाएर विजयी भएकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुचीलगायत सबैलाई रिहा गरी प्रजातान्त्रिक सरकार बहाली गरियोस् र सैनिक उन्माद प्रदर्शन गर्ने बर्मेली सेनालाई निर्वाचित सरकार मातहत राख्न संयुक्त राष्ट्रसंघलाई सकृय पहल गर्नका लागि हार्दिक अपिल गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ध्यानाकर्षण गराएकी छन् ।  

    २१ औं शताब्दिमा आएर पनि नागरिकको लोकतान्त्रिक अधिकारलाई  कुल्चेर सैनिक शासन सञ्चालन गर्न खोज्नु अत्यन्त अमानवीय  र निन्दनीय भएको उनले बताएकी छिन् ।

    ‘लोकतान्त्रिक अधिकारलाई कुल्चेर सैनिक शासन सञ्चालन गर्न खोज्नु अत्यन्त अमानवीय र निन्दनीय छ । म्यानमारमा लोकतन्त्रको पुनर्वहाली गर्न  विश्वव्यापी रुपले दबाब सिर्जन गर्न हामी सबै लोकतन्त्रवादीहरू एकजुट भई अगाडि बढौं,’ उनले लेखेकी छिन् । 

  • सम्बन्धित विषय:

  • # डा.डिला संग्रौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij