वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीको काभ्रे जिल्ला अध्यक्षसहित तीन जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णयप्रति विरोध जनाएका छन् ।
राप्रपा पदाधिकारी वैठकले गरेको उक्त निर्णयप्रति थापाले सामाजिक सञ्जालमार्फत खेद व्यक्त गरेका हुन् ।
थापाका अनुसार राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाध्यक्षलाई पार्टीबाट निष्कासन गरिएको छ ।
उनीहरूलाई स्पष्टीकरणको मौका नदिई निष्काशन गर्ने निर्णय अवैधानिक र पार्टी हितविपरित रहेको थापाको दाबी छ ।
पदाधिकारी वैठकलाई यस्तो निर्णय गर्ने अधिकार विधानले नदिएको उनले बताएका छन् ।
राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ।सो निर्णयप्रति खेद व्यक्त गर्दछु।पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन
— Kamal Thapa (@KTnepal) January 1, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij