वेबटिभी खबर
काठमाडाैं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) सरकारले तोकेको न्युनतम पारिश्रमिक नपाएका कारण आन्दोलित छन् । कतिपय स्थानीय तहले मासिक पारिश्रमिक दिएका छन् भने धेरैजसो पालिकाले पारिश्रमिक दिन अटेरी गरिरहेका छन् ।
पारिश्रमिक नपाउनुका केही कारण यस्ता छन्
१. प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) एकताबद्ध हुन नसक्नु ।
२. इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई स्थानीय तहले जे गरे पनि हुन्छ भन्ने मानसिकता राख्नु ।
३. स्थानीय तह शिक्षाको विकासप्रति कटिबद्ध नहुनु र इसीडी शिक्षकका परिश्रम नबुझ्नु ।
४. इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले पारिश्रमिक दिने हो हामीले होइन भनेर स्थानीय तह संघीय सरकारको मुख ताक्नु ।
५. संघीय सरकार आफूले ८ हजार रूपैयाँ दिएपछि बाँकी रकम स्थानीय तहले थप गरी तलब दिउन भन्ने सोच राख्नु ।
६. पारिश्रमिककै विषयमा स्थानीय तह र संघीय सरकार अस्पष्ट हुनु ।
७. स्थानीय सरकार र संघीय सरकारबीच द्वन्द्व बढ्नु ।
८. संघीय सरकारकाे निर्देशन स्थानीय तहले पालना नगर्नु ।
९. इसीडी शिक्षक र विद्यालय कर्मचारीको आन्दोलन सामाजिक सञ्जाल, स्थानीय तहमा मात्रै सीमित हुनु । देशव्यापी रूपमा एकताबद्ध भएर संघीय सरकारलाई दबाब दिन नसक्नु ।
१०. शैक्षिक समस्या, शिक्षकका हकअधिकारका लागि स्थापित संघसंगठन राजनीतिक पार्टी केन्द्रित हुनु । शिक्षकका समस्या समाधान गर्नभन्दा राजनीतिक दलका भरिया बनेका कारण समस्या उत्पन्न भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij