Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा जलाइयाे ८७४ कार

नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा जलाइयाे ८७४ कार

  • 759
    SHARES
  • नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा जलाइयाे ८७४ कार

    पेरिस । नयाँ वर्षको पूर्वसन्ध्यामा फ्रान्समा सयौं कार जलाइएको छ । दशकौं लामो परम्पराको एउटा अंशको रुपमा यो वर्ष ८७४ कार जलाइएको हो । सो विवादास्पद संस्कार रोक्ने क्रममा उत्तरपूर्वी फ्रान्सको स्ट्रसवर्गमा चार जना प्रहरी अधिकारी घाईते भएका छन् । 

    images

    कोभिड महामारीका कारण यो वर्ष जलाइने कारको संख्या पहिलेको तुलनामा घटेको फ्रान्सेली अधिकारीहरुले जनाएका छन् । सन् २०१९ मा एक हजार ३१६ र सन् २०२१ मा ८७४ कारहरु जलाइएका थिए । लकडाउनका कारण सन् २०२० को तथ्यांक भने सार्वजनिक गरिएको छैन् । 

    कार जलाउने परम्परा सन् १९९० को दशकदेखि स्ट्रसवर्गमा सुरु भएको थियो । न्यून आय भएका युवाहरुले विरोधस्वरुप सुरुमा यस्तो परम्पराको थालनी गरेका थिए, जुन पछि गएर विद्रोह गर्ने एउटा संस्कार बनेको छ । सन् २००५ मा अहिलेसम्मकै ठूलो संख्यामा कार जलाइएको थियो । कार जलाइनुका विभिन्न कारण छन् । 

    तीमध्ये युवाहरुको विद्रोह र आपराधिक कार्य ढाकछोप मुख्य कारण हुन् । गृहमन्त्री गिराल्ड डार्मानिनले अघिल्ला वर्षको तुलनमा थोरै कार जलेका भन्दै कानुन कार्यन्वयन निकायका अधिकारी र दमकलका कर्मचारीको प्रशंसा गरे ।  यो वर्ष कार जलाउने ४४१ जनालाई पक्राउ गरिएको उनले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology