Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

वरिष्ठ साहित्यकार भडारीको निधन

वरिष्ठ साहित्यकार भडारीको निधन

  • 544
    SHARES
  • वरिष्ठ साहित्यकार भडारीको निधन

    इलाम । वरिष्ठ साहित्यकार माधवप्रसाद भडारीको निधन भएको छ । हाल काठमाडौंमा बस्दै आएका इलाम नगरपालिका-२ सुम्बेक निवासी उनको ८६ वर्षको उमेरमा आज काठमाडौं लुबुस्थित आफ्नै घरमा निधन भएको पारिवारिक  स्रोतले जनाएको छ ।

    images

    स्व.भडारीको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । उनका ‘नेपाली कथा’ २०१, ‘गाउँघर कथा’ २०१५, ‘सुन्दर अलङ्कार’ २०१८ (सहलेखन), ‘जन्मघर नाटक’ २०२८, ‘हाम्रो साहित्य र साहित्यकार’ २०२८ निबन्ध लेखन, ‘पूर्णिमा उपन्यास’ २०३०, ‘आमाको आकाङ्क्षा’ २०३६ ‘माधव भडारीका कथा’ २०४०, ‘नबिर्सिने कोशेली’ २०६१ लगायत दर्जनौं चर्चित कृति तथा सङ्ग्रह प्रकाशित भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए । 

    साहित्यिक पत्रकार सङ्घबाट प्रदान गरिने मैनाली कथा पुरस्कारबाट २०५८ सालमा पुरस्कृत भएका भडारी महानन्द पुरस्कार, प्रबल गोरखा दक्षिणबाहु चौथो आदिबाट सम्मानित भइसकेको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology