वेबटिभी खबर
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउने व्यवस्थाअनुसार देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) अनुसार जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेकाे कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
सदस्यमा मनोनित शाही खसआर्य कोटामा कर्णाली प्रदेश सचिवमा पराजित भएका हुन् भने पौडेलले केन्द्रीय महामन्त्री र गुरुङ केन्द्रीय सभापतिमा पराजित भएका हुन् ।
यसअघि शनिबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको थियो । १६७ केन्द्रीय कार्यसमितिअनुसार १३४ निर्वाचित र ३३ जना सदस्य मनोनित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij