Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

जन्तेढुंगामा निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी संघ गठन 

जन्तेढुंगामा निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी संघ गठन 

  • पौष १८, २०७८ आइतवार २१:५७ बजे
  • 696
    SHARES
  • जन्तेढुंगामा निजामती कर्मचारी संगठन र स्वास्थ्यकर्मी संघ गठन 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वास्थ्यकर्मी संघको पालिका स्तरीय कमिटि गठन गरिएको छ ।आइतबार सम्पन्न प्रथम अधिवेशनबाट कृष्णकुमार कट्वालको अध्यक्षतामा ११ सदस्यीय नेपाल निजामती कर्मचारी संगठनको पालिका इकाई कार्य समिति गठन गरिएको हो ।

    पालिका इकाई कार्य समितिको उपाध्यक्षमा गोपाल खड्का, सचिवमा भीमबहादुर कार्की र कोषाध्यक्षमा कनक राई चयन भएका छन् । अभिबेसनले विज्ञान राईको संयोजकत्वमा कर्मचारी संगठनको गाउँ इकाई कार्य समितिको सल्लाहकार समिति गठन गरेको छ । 

    यस्तै, अनिता भट्टराईको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघको पालिका स्तरीय कमिटि गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा अनिल यादव, उपाध्यक्षमा सुरेश प्रधान, सचिवमा भुपेन्द्र बस्नेत र कोषाध्यक्षमा सरोज तामाङ चयन भएका छन् । अधिवेसन नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्ष मोहन भट्टराईको सभापतित्वमा सम्पन्न भएको हो । 

  • सम्बन्धित विषय:

  • # निजामती कर्मचारी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij