वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायत पार्टी परित्याग गरी प्रवेश गरेका छन् ।
सोमबार जसपाले इलाममा गरेको संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रममामार्फत् २५ जना बढी नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।
उनीहरू सबैलाई पूर्वप्रधानमन्त्री एवम् जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य रकम चेम्जोङलगायतले स्वागत गरेको डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए ।
पछिल्लो समय जसपामा प्रवेश गर्नेहरू बढेका छन् । शनिबार पाँचथरमा आयोजित कार्यक्रममार्फत् पनि हजार बढी प्रवेश गरेका थिए ।
प्रदेश-१ मा सुज अभियानको अन्तिम दिन इलामको सदरमुकाम र फिक्कलमा अगुवा कार्यकर्ता भेला र पार्टी प्रवेश सम्पन्न! हिमाल,पहाड,तराई/मधेश जोड्ने र संघीयता/सुशासन सहित समृ्द्धि ल्याउने नयाॅ समाजवादी शक्तिप्रति जनताको बढ्दो आकर्षण रहेको अनुभूति! pic.twitter.com/x2tTeoR687
— Baburam Bhattarai (@brb1954) January 3, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij