Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लागूऔषधसहित एक जना पक्राउ

लागूऔषधसहित एक जना पक्राउ

  • पौष १९, २०७८ सोमवार २१:५७ बजे
  • 385
    SHARES
  • लागूऔषधसहित एक जना पक्राउ

    महोत्तरी । प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा आज एक जना पक्राउ परेका छन् । प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा महोत्तरी बर्दिबास-१ बस्ने ४३ वर्षीय मोहन न्यौपानेलाई पक्राउ परेका हुन् ।

    चेकजाँच गर्ने क्रममा न्यौपानेको साथबाट स्पास्मो प्रोक्सिभन लेखिएको ३ पत्तामा २४ पिस र नाइट्रोभेट-१० लेखिएको १ पत्तामा १५ पिस प्रतिबन्धित लागूऔषध बरामत गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

     

  • सम्बन्धित विषय:

  • # लागूऔषध

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij