Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

म:मको प्रचार गरेपछि दर्शकले लिए कार्यक्रम प्रस्तोताको हुर्मत

म:मको प्रचार गरेपछि दर्शकले लिए कार्यक्रम प्रस्तोताको हुर्मत

  • 502
    SHARES
  • म:मको प्रचार गरेपछि दर्शकले लिए कार्यक्रम प्रस्तोताको हुर्मत

    न्युयोर्क । अमेरिकाको मध्यपश्चिमी राज्य मिसउरीका एक टेलिभिजन प्रस्तोतामा एशियाली लबज देखिएको भन्दै दर्शकले उनको कडा आलोचना गरेका छन् । गत साता अमेरिकी समाचार संस्था सीएनएनसँग आबद्ध केएसडीके न्युजकी कार्यक्रम प्रस्तोता मिसेल लीले बढी ‘एसियालीपन  देखाएको भन्दै उनको आलोचना भएको हो । गत साता एक अपरिचित महिला श्रोताले केएसडीकेमा फोन गरेर पत्रकार तथा कार्यक्रम प्रस्तोता मिसेलको चर्को आलोचना गरेकी थिइन् ।

    images

    मिसेलले बिदाको समयमा खानेकुराको बारेमा चर्चा गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा ४२ वर्षीया प्रस्तोतले आफूले डम्पलिङ (म:म)सुप खाएको र अधिकांश कोरियालीले यो सुप खाने गरेको बताएकी थिइन् । डम्पलिङ(म:म) सुप कोरियाको प्रख्यात खानेकुरा हो । प्रस्तोतामाथि जातिवादको आरोप लागेको थियो ।

    एक जना दर्शकले टेलिभिजन स्टेसनमा भोइस मेसेज पठाएर यस्तो गुनासो गरेका थिए । तपाईको एसियाली प्रस्तोताले एसियाली हुनुबारे केही भनेकी छिन् । नयाँ वर्षमा एसियालीले डम्पलिङ खान्छन् रे । कार्यक्रममा निश्चित क्षेत्रलाई प्रवर्धन गरेर खानेकुराको विज्ञापन गरेको मलाई खासै उचित लागेन । उनी एसियाली मूलकी रहिछिन् । मलाई थाहा छैन, उनले आफूमा भएको कोरियालीपन कति समयसम्म टिकिरहने हुन् । 

    भोइस मेसेज गर्ने व्यक्तिले गोराहरुले कस्तो खान्छन् भन्ने बारेमा पनि जानाकारी दिन अनुरोध गरेकी थिइन् । सो गुनासोपछि आफू स्तब्ध भएको कार्यक्रम प्रस्तोताले बताएकी छिन् । आफूमाथि जातीय विभेद भएको उनले बताएकी छिन् ।
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology