Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विकास बजेट कटौती गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक पारिश्रमिक, मेयरले गरे प्रशंसा

विकास बजेट कटौती गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक पारिश्रमिक, मेयरले गरे प्रशंसा

  • 2.2K
    SHARES
  • विकास बजेट कटौती गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक पारिश्रमिक, मेयरले गरे प्रशंसा

    काठमाडौं । सप्तरीस्थित राजविराज नगरपालिकाले नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई संघीय सरकारले तोकेको न्युनतम पारिश्रमिक उपलब्ध गराउने भएको छ ।

    images

    नगरपालिकामा मंगलबार आयोजित इसीडी शिक्षक र विद्यालय कर्मचारीको मासिक पारिश्रमिक वृद्धि कार्यान्वयन कार्यक्रममा नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले पारिश्रमिक उपलब्ध गराउने जानकारी गराएका हुन् ।

    मेयर यादवले विकास बजेट कटौती गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गरेको जानकारी गराउँदै भविष्यका बालबालिकालाई इसीडी शिक्षकहरूले संरक्षण दिंदै आएकोमा प्रसंशासमेत गरे । 

    उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनबहादुर थापाले झण्डै डेढ करोड बजेट राजविराज नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूका लागि छुट्याइएको जानकारी गराए । उनले चालू आर्थिक वर्षको साउन महिनादेखि नै उनीहरूले पारिश्रमिक पाउने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology