वेबटिभी खबर
खोटाङ । खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड-१९ विरुद्ध मोडर्ना खोप दिइएको छ । बराहपोखरी गाउँपालिकामा १७–१९ पसुसम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८-२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८-२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८-२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८-२० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।
१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । साकेला गाउँपालिकामा १९-२१ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९-२१ पुससम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१-२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०-२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०-२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र/छात्रा छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij