Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयनः कमल थापा

राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयनः कमल थापा

  • पौष २१, २०७८ बुधवार २१:१६ बजे
  • 925
    SHARES
  • राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयनः कमल थापा

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयनको विरोध गरेका छन् । सामाजिक सञ्जाल मार्फत् पूर्व अध्यक्ष थापाले राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन गरिएको भन्दै भर्त्सना गरेको उल्लेख गरेका छन् । 

    ३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्थाको ठाडो उल्लंघन भएको उनको भनाइ छ । मधेसी समुदाय, दलित, महिला र काठमाडौंलाई उपेक्षा गरिएको थापाको भनाइ छ । जनाधार भएका वरिष्ठ नेताहरुलाई उपेक्षागरी चुनाव हारेकालाई मनोनित गरिनु दूर्भाग्यपूर्ण भएको उनको टिप्पणी छ । 

    मंगलबार अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनित गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij