Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विद्यार्थीसँग आफूखुसी शुल्क असुल्ने शैक्षिक संस्थाविरुद्ध खनियो शिक्षा मन्त्रालय, खारेजीको चेतावनी

विद्यार्थीसँग आफूखुसी शुल्क असुल्ने शैक्षिक संस्थाविरुद्ध खनियो शिक्षा मन्त्रालय, खारेजीको चेतावनी

  • 733
    SHARES
  • विद्यार्थीसँग आफूखुसी शुल्क असुल्ने शैक्षिक संस्थाविरुद्ध खनियो शिक्षा मन्त्रालय, खारेजीको चेतावनी

    काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारले तोकेकाेभन्दा बढी शुल्क विद्यार्थीहरूसँग लिने मेडिकल कलेजहरूलाई सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । चिकित्सा शिक्षा आयोगबाट निर्धारितभन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै मन्त्रालयले पटक-पटकको निर्देशन अवज्ञा गर्ने मेडिकल कलेजहरूको समबन्धन खारेज गर्ने चेतावनी दिएको हो ।

    बुधबार मन्त्रायलका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिएको निर्देशनलाई बेवास्ता गरी गैरकानूनी रूपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’ राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १४ (क) मा निर्धारितभन्दा बढी शुल्क लिएमा सम्बन्धनको खारेजी गर्ने उल्लेख छ ।

    विगतमा शिक्षा र गृह मन्त्रालयले समेत निर्धारित शुल्कभन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानूनबमोजिम कारबाही भन्दै सम्बन्धित विश्वविद्यालयहरूलाई निर्देशन दिइसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।

    चिकित्सा शिक्षाको एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमका लागि लिइने शुल्क राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १८ मा उल्लेख गरिएको छ । मन्त्रालय र आयोगले विद्यार्थीलाई तोकिएको भन्दा बढी शुल्क नबुझाउन आग्रह गरे पनि मेडिकल कलेजहरूले बढी शुल्क नबुझाए विद्यार्थीलाई परीक्षा दिनै बञ्चित गराउँदै आएका छन् ।

    20220105_170740 (1).jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij