Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

  • 587
    SHARES
  • चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दश लाख राहत

    तनहुँ । डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रति परिवार रू दश लाख राहत प्रदान गरेको छ ।

    आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए । उनीहरूको परिवारलाई रू दश लाखका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए ।

    चितुवाको आक्रमणबाट भानु नगरपालिका-३ का ६ वर्षीय विशाल श्रेष्ठ, भानु-४ का चार वर्षीया रञ्जिता लम्साल, भानु-२ का १० वर्षीय अमृत गुरूङ, भानु-२ की आठ वर्षीया पुष्पा अधिकारी र सोही वडाका सात वर्षीय ऋतिक रोकाको मृत्यु भएको थियो ।

    यस्तै भानु-१ का कुशल बानियाँ, बन्दिपुर-४ का ११ वर्षीय इशाक सुनार, शुक्लागण्डकी-३ का रवीन नेपाली, आँबुखैरेनी-१ का आठ वर्षीय पुजन सिञ्जाली र शुक्लागण्डकी-२ का नारन रानाको पनि चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।

    चितुवाको आक्रमणबाट सख्त घाइते भएकालाई जनही रू दुई लाख र सामान्य घाइतेलाई जनही रू बीस हजारका दरले उपचारखर्च उपलव्ध गराइएको पण्डितले बताए ।

    भानु नगरपालिका-११ का भीमबहादुर तामाङ, भानु-१३ का चिजबहादुर कुवँर, भानु-१३ कै प्रेमबहादुर बानियाँ, भानु-२ का हेमराज सुनुवार, भानु-२ का सुलभ दाहाल, भानु-२ की सोनी अछामी, बन्दिपुर-५ का अनुप नेपाली, आँबुखैरेनी-१ की अमिसा थापा, बन्दिपुर-१ का अक्कलबहादुर चेपाङ र व्यास नगरपालिका-१२ की अढाइ वर्षीया अश्विनी परियार घाइते भएकी थिइन् ।

    वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति हुँदा रू तीन लाख ४६ हजार राहत उपलव्ध गराइएको कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij